खेलकुद

एलपिएल क्रिकेटः धनगढी क्रिकेट एकेडेमीको विजयी सुरुआत

१८ मङ्सिर, सुदूरपश्चिम । धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमी ९डिसिए०ले विजयी सुरुआत गरेको छ ।

स्थानीय फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा एकेडेमीले कैलाली बहुमुखी क्याम्पसलाई ४३ रनले पराजित गरेको हो । निर्धारित १५ ओभरको खेलमा एक सय २५ रनको विजयी लक्ष्य पछ्याएको कैलाली बहुमुखी क्याम्पसले नौ विकेटको क्षतिमा ८१ रनमात्र बनाउन सक्यो । 

एकेडेमीका बलर निरज ऐरले चार विकेट लिँदै कैलाली बहुमुखी क्याम्पसको इनिङलाई धराशयी बनाए । ‘प्लेयर अफ द म्याच’ घोषित ऐरले तीन ओभरमा एक मेडन ओभरसहित चार रनमात्र खर्चिए । अनिश अवस्थी र मान साउदले दुई–दुई विकेट लिए । कैलाली बहुमुखी क्याम्पसको ब्याटिङमा गणेश ऐरले सर्वाधिक १७, पङ्कज चौधरीले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कको रन बनाउन सकेनन् । 

यसअघि टस हारेर ब्याटिङ गरेको धनगढी क्रिकेट एकेडेमीले निर्धारित ओभरमा छ विकेट गुमाएर एकसय २४ रन बनायो । एकेडेमीका लागि कप्तान विजय रानाले सर्वाधिक ४१ रन योगदान दिए । उनले २६ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । हृतिक थापाले अविजित ३७ रन बनाए । उनले ३० बलमा पाँच चौका र एक छक्का प्रहार गरे । निरज ऐरले १० बलमा एक चौका र दुई छक्काका मद्दतले २१ रन बनाए । 

बहुमुखी क्याम्पसका बलर अभिषेक कुँवर, लोकेन्द्र खनाल र दीप कपडेलले दुईरदुई विकेट लिए । आजै भएको दोस्रो खेलमा धनगढी स्पोर्ट्स क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई ७२ रनले पराजित ग¥यो । धनगढी स्पोर्ट्सले दिएको एक सय ६७ रनको लक्ष्य पछ्याएको कैलाली जिल्ला क्रिकेट क्लब १५ दशमलव दुई ओभरमा ९४ रनमा समेटियो । 

जिल्ला क्रिकेट क्लबको ब्याटिङमा दीपक टमाटाले सर्वाधिक ३३ रन, विनोद नाथ र नरेन साउदले समान १३ रनको योगदान दिए । बलिङतर्फ भोजराज भट्ट र दीपक चन्द ठकुरीले तीनरतीन तथा नारायण जोशीले दुई विकेट लिए । ‘प्लेयर अफ द म्याच’ घोषित नारायणले तीन दशमलव दुई ओभरमा १२ रन खर्चिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको धनगढी स्पोर्ट्स क्लबले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६६ रन बनायो । धनगढीका लागि ओपनर आयुष्मान बमले सर्वाधिक ४५ रन बनाए । उनले ३४ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । नारायण जोशीले ३५, आयुब चन्दले ३२ र सुनिल धमलाले २५ रन बनाए । 

जिल्ला क्रिकेट सङ्घको बलिङमा नरेन साउदले तीन विकेट लिए । उनले चार ओभरमा २८ रन खर्चिए । राहुल केसी र डबल ऐरले एकरएक विकेट लिए । प्रतियोगिताअन्तर्गत मङ्गलबारको पहिलो खेल सुदूरपश्चिमाञ्चल एकेडेमी तथा घोडाघोडी क्रिकेट एकेडेमीबीच दोस्रो खेल शुक्लाफाँटा ब्ल्याकबक्स तथा खप्तड इन्डोरबीच हुने कार्यतालिका छ । 

लिटल फ्लावर स्पोर्टस् क्लब धनगढीको आयोजनामा भइरहेको प्रतियोगिताको उपाधि विजेताले रु दुई लाख ५५ हजार र उपविजेताले रु एक लाख २८ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुर  जिल्लाका गरी १६ क्रिकेट टोलीको सहभागिता छ ।