खेलकुद

सुपर लिग फुटबल : पोखरा विजयी

२० मङ्सिर, काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई पराजित गर्दै विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा पोखराले इलामलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । पोखराका लागि दोस्रो हाफको सुरुमै सञ्जीव विष्टले गोल गरे । उनले खेलको ४७ औँ मिनेटमा गरेको एक गोल नै पोखराको लागि निर्णायक गोल सावित भयो ।

 यस जितसँगै चार खेल खेलको पोखरा थन्डर्स ८ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै स्पोर्टिङ इलाम भने समान चार खेलबाट ३ अङ्कसहित छैटौँ स्थानमा छ । उक्त प्रतियोगितामा भोलि एफसी चितवनले बुटवल लुम्बिनीको सामना गर्नेछ ।