समाचार

मन्त्री शर्माद्वारा आइसिटी अवार्ड हस्तान्तरण

तनहुँ, ६ पुस । सुचना प्रविधिको अधिकतम प्रयोग गरी शिक्षण गरेबापत व्यास नगरपालिका–२ दमौलीस्थित सत्यवती माध्यमिक विद्यालय ‘आइसिटी अवार्ड’ बाट सम्मानित भएको छ ।

सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले आज काठमाडौँमा आयोजित एक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्लेलाई उक्त पुरस्कार हस्तान्तरण गरे । पुरस्कृत विद्यालयले कक्षा चारदेखि कम्प्युटर शिक्षा अध्यापन गर्दै आएका छन् । विद्यालयले चकडस्टरलाई ‘स्मार्ट बोर्ड’ बाट प्रतिस्थापन गरेको छ । उक्त विद्यालयमा हाल दुई हजार छ सय पचासी जना विद्यार्थी अध्ययनरत छन् ।