समाचार

नेपाली कांग्रेस बागमती प्रदेश सम्मेलनको तयारी पुरा

६ पुस, काठमाडौँ । नेपाली कांग्रेसको पुस ७ गते शनिबार काठमाडौँमा हुने बागमती प्रदेश सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ ।

कांग्रेस बागमती प्रदेश समितिले आज यहाँ पत्रकार सम्मेलन गरेर सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले प्रदेश सम्मेलनका लागि बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी हुने बताए ।

सम्मेलनको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने गर्ने कार्यक्रम छ सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका ६६ सङ्घीय निर्वाचन क्षेत्रका ७८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका सङ्घीय सांसद, प्रदेशसभा सदस्य, क्षेत्रीय सभापति, नगरपालिका/गाउँपालिकामा निर्वाचित प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष तथा बागमती प्रदेशका एक सय १९ पालिकाका सभापति सहभागी हुने सभापति बानियाले बताए ।