समाचार

ट्याक्टरको ठक्करबाट ६ वर्षका बालकको मृत्यु

६ पुस, कञ्चनपुर । कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट ६ वर्षका बालकको मृत्यु भएको छ । जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ६ सिसैयामा ६ वर्षका लव चन्दको घटना स्थलमा नै मृत्यु भएको हो ।

सुदुरपश्चिम प्रदेश, प्रहरीका अनुसार शनिवार साँझ से १ त ८९३० नम्बरको ट्याक्टरको ठक्करबाट चन्दको घटनास्थलमा मृत्यु भएको छ । बैतडीको दोगडा केदार गाउँपालिकाका चन्द कञ्चनपुरमा मामाको घर आएका थिए । जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर १० नयाँ गाउँका ४५ वर्षीय ट्याक्टर चालक रामबहादुर खुनालाइ प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।