समाचार

वर्तमान सरकार हटाएर कांग्रेस नेतृत्व सरकार बन्नु पर्छ : बरिष्ठ नेता डा कोइराला

१२ पुस, पाँचथर । नेपाली कांग्रेसका बरिष्ठ नेता डा शेखर कोइरालाले देशको अर्थतन्त्र सुधार्न नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताएका छन् ।

मुलुकको अर्थतन्त्र जटिल मोडमा पुगेको वास्तविकतातर्फ सर्वसाधारणको ध्यान आकर्षण गराउँदै नेता कोइरालाले अर्थतन्त्रलाई सुधार गरेर देशलाई सही दिशा दिन कांग्रेसले सरकारको नेतृत्व लिन ढिलाई गर्न नहुने बताए । उनले वर्तमान सरकार हटाएर कांग्रेस नेतृत्व सरकारले अर्थतन्त्रलाई सुधार गर्नुे पर्ने बताएका छन्।

नेपाली कांग्रेस, जिल्ला कार्यसमिति पाँचथरको प्रथम जिल्ला सम्मेलनमा सहभागी हुन यहाँ आएका उनले पत्रकारहरुसँग कुरा गर्दै देशमा सुशासन कायम नहुँदा अराजकता बढेको बताए । जनतामा व्याप्त निराशाको अन्त्यका लागि आफ्नो पार्टीले सरकारको नेतृत्व लिनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस पाँचथरले आफ्नो पहिलो जिल्ला सम्मेलन शुक्रबार फिदिममा आयोजना गर्दैछ ।