समाचार

काठमाडौँमा हत्याको आरोपमा एक जना पक्राउ

२८ माघ, काठमाडौँ । एक महिला हत्या गरेको आरोपमा काठमाडौँमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार काठमाडौंको एक होटलमा महिलाको हत्या गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका हुन् ।

हिजो शनिबार साँझ २८ वर्षीया प्रमिला दमाईको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

पक्राउ पर्नेको नाम भने प्रहरीले गोप्य नै राखेको छ ।