आर्थिक

इसेवाले फेरि ल्यायो ‘मेरो यात्राको साथी’ अफर

१५ फागुन, इसेवाले यस वर्ष पनि पुनः ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत प्रयोगकर्ताले इसेवाबाट होटेल बुक गर्दा वा बसको टिकट काट्दा अथवा आन्तरिक वा अन्तर्राष्ट्रिय हवाई जहाजको खरिद गर्दा २ लाख जितेर डबल लखपति बन्ने मौका रहेको इसेवाले जनाएको छ ।

इसेवामा रहेको यात्रा सम्बन्धी यी सेवाहरूको प्रयोगमा प्रयोगकर्ताले अन्य थुप्रै क्यास ब्याक, तथा आकर्षक उपहार पनि जित्ने मौका रहेको छ । ‘मेरो यात्राको साथी २’ नाम दिइएको उक्त अफर मार्फत् यात्राको लागि इसेवाको प्रयोग गरी हवाईजहाज टिकेटिङ, बस टिकेटिङ, होटेल बुकिङ तथा अन्तर्राष्ट्रिय हवाईजहाज टिकेटिङमा आकर्षक अफरहरू सामेल गरिएको इसेवाले जनाएको छ ।

यी विविध सेवामध्ये कम्तीमा कुनै पनि एक सेवाको प्रयोगमा एक प्रयोगकर्ताले बम्पर उपहार स्वरूप २ लाख प्राप्त गरेर भाग्यशाली विजेता घोषणा हुने कम्पनीले बताएको छ ।

यस अफर अन्तर्गत अन्य थुप्रै आकर्षक उपहारको सूचीमा प्रत्येक सेवाको लागि विविध अफर पनि ल्याएको छ । आन्तरिक हवाईजहाज टिकट खरिदमा प्रत्येक हप्ता एक भाग्यशाली विजेताले ७००० सम्मको फूल रिफण्ड स्वरूप पूर्ण क्यास्ब्याक जित्ने मौका पाउन सक्नेछन् । साथै, यस अफर अन्तर्गत तीन वा बढी आन्तरिक हवाईजहाजको टिकट बुक गर्दा सबैले ३०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्