समाचार

तोलामा एक हजार तीन सयले घट्यो सुनको मुल्य

९ चैत, काठमाडौँ । बजारमा सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला एक हजार तीन सयले घटेको हो ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख २७ हजार आठ सयले कारोबार भएको थियो । आज एक लाख २६ हजार पाँच सय मूल्य कायम गरिएको छ । यस्तै तेजाबी सुन बिहीबार प्रतितोला एक लाख २७ हजार दुई सयमा कारोबार भएकोमा आज एक लाख २५ हजार नौ सय मूल्य कायम गरिएको हो ।

चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला एक हजार पाँच सय ५५ मा कारोबार भएकोमा आज प्रतितोला एक हजार पाँच सय कायम गरिएको छ ।