३० कार्तिक, काडमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसका सह-महामन्त्री बद्री पाण्डेले दलकै नेता तथा सांसद राजेन्द्र बजगाईंविरुद्ध उजुरी दर्ता गराएका छन्।
आफूविरुद्ध कुप्रचार प्रसार गरेको भन्दै पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा सांसद बजगाईंविरुद्ध मन्त्री पाण्डेले उजुरी दिएको उनको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार सांसद बजगाईले पार्टी अनुशासन विपरीत काम गरेको भन्दै अनुशासनको कारवाहीको माग गर्दै कांग्रेस अनुशासन समिति र संसदीय दलमा उजुरी दर्ता गरेको हो। अनुशासन समितिमा बिहीबार र संसदीय दलमा शुक्रबार उजुरी दर्ता भएको हो।





