समाचार

पूर्वअर्थमन्त्री डा पन्तको शतवार्षिकी मनाइँदै

१ मङ्सिर, काठमाडौँ । मुलुकको सामाजिक–आर्थिक विकासमा योगदान गरेका स्वर्गीय अर्थशास्त्री डा यादवप्रसाद पन्तको आइतबार शतवार्षिकी कार्यक्रम आयोजना गरिने भएको छ ।

मुलुकको पहिलो विद्यावारिधि उपाधि हासिल गरेका अर्थ तथा जलस्रोतमन्त्री एवं सचिव रहेर देशको सेवा गरेका डा पन्तको स्मृतिमा स्थापना भएको ‘यादवप्रसाद पन्त’ अनुसन्धान तथा विकास प्रतिष्ठानले नेपाल सांस्कृतिक सङ्घ, कालिकास्थानमा कार्यक्रम गरेर समाजका विभिन्न क्षेत्रमा योगदान गरेका महानुभावहरुलाई अभिनन्दन एवं सम्मान गरिने प्रतिष्ठानले जनाएको छ । डा यादवप्रसाद पन्त (१९८२-२०६४) को स्मृतिका २०६४ सालमा प्रतिष्ठान स्थापना भएको हो ।