२९ पुस, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्।
माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने ८औं पुरुष र ७औं महिला राष्ट्रिय बीच भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रचण्ड सोमबार साँझ सुकुटे पुगेका हुन्। प्रतियोगिताको सबै तयारी पूरा भएको स्रोतले जानकारी दिएका छन् ।
प्रतियोगिताको संयोजन नेपाल भलिबल संघले गर्नेछ भने सुकुटे क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि विशेष सांगीतिक कार्यक्रम पनि आयोजना गरिनेछ। प्रतियोगिताको तयारी र सहकार्य सुनिश्चित गर्न तीन संस्थाबीच औपचारिक समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो।