२४ चैत, काठमाडौँ । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विरोधमा प्रदर्शन भएको छ। कुलमानलाई पुनर्बहालीको माग गर्दै काठमाडौँको माइतीघर मण्डलीमा प्रदर्शन भएको हो।
आज भएको प्रदर्शन कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिको अगुवाइमा भएको हो। सयौँ प्रदर्शनकारीहरूले कुलमानलाई अपमानित ढङ्गले बर्खास्त गरिएको भन्दै पुनर्बहालीको माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।
सरकारले कुलमानलाई ११ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको थियो। उनको बर्खास्तीसँगै हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकको पदमा नियुक्त गरेको थियो ।