२२ साउन, काठमाडौं । रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै निवेदन दिएका छन् ।
रविले रुपन्देही जिल्ला अदालतमा सोही निवेदन दर्ता गराएका हुन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुुद्धिकरण लगायतका अभियोगमा रवि हाल रुपन्देही कारागारमा रहेका छन् । तर उनले आफूमाथि राजनीतिक प्रतिशोध गरेर थुनामा राखेको भन्दै मुलुकी फोजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न समेत निवेदनमा माग गरेका छन् ।
रविले आफू सहकारी ठगीमा सम्लंग्नता नभएको र आफ्नो भागको बिगो बराबरको रकम बैंक जमानत राखेर रिहा हुन पाउनु पर्ने मागसहित निवेदन दर्ता गरेका छन् । रविको सचिवालयले यहि साउन १९ गते निवेदन अदालतमा दिएको भएता पनि ३ दिनसम्म सार्वजनिक नगरिकन गुपचुप राखेको थियो ।




