२४ साउन, काठमाडौं । रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कट आउटमा राखी बाँधेर उनका समर्थहरूले रक्षा बन्धन मनाएका छन्।
रविको कट आउट राखिएको पार्टी कार्यालय बनस्थलीमा शनिबार पुगेर उनका समर्थकहरूले राखि बाँधेका हुन।
राखी बान्दै उनीहरूले रविको रिहाइको माग समेत गरेका छन्। सोही क्रममा केही समर्थकहरू भने रविलाई सम्झिएर रोएका समेत थिए ।




