२६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी–व्यवसायीले नेपालगञ्ज– भारतको नयाँ दिल्ली सिधा हवाइ उडानका लागि ध्यानाकर्षण गराएका छन्।
उनीहरुले प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाको हवाइ सुविधा र व्यावसायिक श्रीवृद्धिका लागि नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ सेवा सञ्चालनको माग गरेका हुन् । मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले आफू यसका लागि सकारात्मक रहेको र भारत सरकारसँग छलफल गरिने विश्वास दिलाएका छन् ।
नेपालगञ्ज विमानस्थलको धावनमार्ग थप विस्तार र जमिन संरक्षण लगायतका काममा चासो दिन समेत उनले आग्रह गरेका थिए ।



