४ मंसिर, काठमाडौं। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा सर्वोच्च अदालतको उच्चस्तरीय टोली भारत भ्रमणमा जाने भएको छ। टोली नवनियुक्त प्रधानन्यायाधीश सूर्यकान्त शर्माको शपथ ग्रहण कार्यक्रममा सहभागी हुने र त्यसपछि संविधान दिवसको कार्यक्रममा जाने तयारीमा छ।
टोलीमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल र मुख्य रजिष्ट्रार विमल पौड्यालसमेत रहेका छन्। यसअघि टोली बंगलादेश भ्रमणमा गएको थियो।
सर्वोच्च अदालतका केही न्यायाधीशले लगातार भइरहेको विदेश भ्रमणप्रति असन्तुष्टि जनाउँदै, अदालत हाल विषम परिस्थितिमा रहेको र विदेश भ्रमण उचित नभएको टिप्पणी गरेका छन्।





