२८ मंसिर, काठमाडौं। सरकारले राजनीतिक संवादलाई मजबुत बनाउने उद्देश्यले उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय गरेको छ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हालाई समितिको संयोजक नियुक्त गरेको छ। समितिमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका छन्।
सरकारको उद्देश्य विभिन्न राजनीतिक दल र सरोकारवालासँग संवाद बढाएर राष्ट्रिय स्तरमा सहमति र सहकार्यलाई प्रवर्द्धन गर्नु रहेको बताइएको छ।



