समाचार

एमाले नेतृत्वमा ओलीको दबदबा कायम

पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा निर्वाचित भएका छन् ।

बुधबार सम्पन्न निर्वाचनमा ओलीले १६६३ मत प्राप्त गर्दै प्रतिस्पर्धी ईश्वर पोखरेललाई पराजित गरेका हुन् । पोखरेलले ५६४ मत प्राप्त गरेका छन् ।

मतगणनाको औपचारिक घोषणा हुन भने बाँकी छ ।