११ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन शाहबीच जारी वार्ता अन्तिम चरणमा पुगेको छ। दुवै नेताबीचको छलफललाई पूर्णता दिन सहकर्मीहरू असीम शाह, आसिफ शाह र कुमार बेन सक्रिय भएका छन्।
निकट स्रोतका अनुसार संवाद शुक्रबार रातिसम्म टुंगोमा पुग्ने अनुमान छ। पार्टी एकता वा सहकार्यको घोषणा छिट्टै हुने सम्भावना रहेको छ। वार्तामा पार्टीको नाम, चुनाव चिह्न र उम्मेदवार अनुपातबारे छलफल भएको थियो।
सहकर्मीहरूले रवि र बालेनलाई मिलाउन दबाब दिएपछि दुवै नेताबीचको सम्वाद सकारात्मक निष्कर्षतर्फ बढ्दै गएको स्रोतले जनाएको छ।





