२४ पुस, काठमाडौं । सरकारले आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन प्रहरी भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले सूचना जारी गर्दै १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको हो ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी भर्ना प्रक्रिया अघि बढाइएको जनाइएको छ । इच्छुक उम्मेदवारले पुस २५ गते शुक्रबारदेखि फागुन १ गतेसम्म दर्खास्त दिन सक्नेछन् । सूचनाअनुसार बिदाका दिनसमेत दर्खास्त संकलन गरिनेछ ।






