२ माघ, काठमाडौं । फागुन २१ मा हुने निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार टुंग्याउन पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। प्रचार–प्रसार विभाग संयोजक मीनबहादुर शाहीका अनुसार बैठक भोलि दिउँसो १ बजे बस्नेछ।
एमालेका विभिन्न कमिटीले यसअघि उम्मेदवारका नाम सिफारिस गरिसकेका छन्। अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जनाको नाम सर्वसम्मत रूपमा सिफारिस भएको छ। हालसम्म कुनै चुनावी गठबन्धन भएको छैन, त्यसैले सबै क्षेत्रमा एमालेले आफ्नै सूर्य चिन्हबाहक उम्मेदवार अघि बढाउने भएको छ।




