४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय बनस्थली पुगेका छन्। उनले महानगर प्रमुख पदबाट राजीनामा बुझाएपछि सोझै बनस्थलीस्थित रास्वपाको मुख्य कार्यालय पुगेका हुन्।
बालेनको आगमनसँगै रास्वपा केन्द्रीय कार्यालयमा ठूलो संख्यामा नेता–कार्यकर्ता तथा समर्थकहरू भेला भएका थिए। उनलाई स्वागत गर्न कार्यालय परिसरमा बाक्लो भिड लागेको देखिएको थियो।
कार्यालय पुग्दा बालेनलाई रास्वपाका नेताहरूले स्वागत गरेका थिए। उनको भ्रमणको उद्देश्यबारे औपचारिक जानकारी नदिइए पनि यसलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
बालेनको रास्वपा कार्यालय प्रवेशले आगामी राजनीतिक कदमबारे नयाँ चर्चा सुरु भएको छ।





