२१ फागुन, काठमाडौं। सर्लाही जिल्ला क्षेत्र नम्बर ४ मा मतदान सुरु हुनासाथ तनावको अवस्था सिर्जना भएको छ।
बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान सुरु भएको केही समयमै विवाद उत्पन्न भएको हो। मतदान केन्द्रमा जम्मा भएका मतदाताहरूबीच भनाभनपछि हुलदङ्गा भएको थियो।
तनावका कारण केहीबेर मतदान प्रक्रिया अवरुद्ध भएको थियो। सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिएपछि हाल मतदान पुनः सञ्चालनमा आएको छ।
स्थानीय प्रशासनका अनुसार स्थिति अहिले सामान्य बन्दै गएको छ र मतदातालाई शान्तिपूर्ण रूपमा मतदान गर्न आग्रह गरिएको छ।
यस घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ।





