२१ फागुन, काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदानस्थलमा खटिएका एक निर्वाचन कर्मचारी बेहोस भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरका अनुसार बेहोस भएका कर्मचारीको नाम श्याम प्रसाद साह हो। अचानाक बेहोस भएपछि उनलाई तत्कालै बाराको अस्पतालमा उपचारका लागि पठाइएको छ।
हाल उनको स्वास्थ्य अवस्था कसरी छ भन्ने बारे थप जानकारी प्राप्त हुन सकेको छैन। निर्वाचन कार्यलाई असर नपर्ने गरी आवश्यक तयारी भइरहेको प्रहरीले जनाएको छ।
बारामा निर्वाचन प्रक्रियासँगै यस्तो अप्रत्याशित घटना हुँदा निर्वाचन कर्मचारीको सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।





