चितवन, २२ फागुन । चितवन क्षेत्र नम्बर २ मा भइरहेको मतगणनाको पछिल्लो नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अग्रस्थानमा रहेका छन्। हालसम्म १४ हजार २२ मत गणना सम्पन्न भएको छ।
पछिल्लो विवरणअनुसार रवि लामिछानेले ६ हजार ७ सय मत प्राप्त गर्दै स्पष्ट अग्रता बनाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २ हजार ३ सय २९ मत पाएका छन्।
त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेल २ हजार ३ सय २२ मतसहित तेस्रो स्थानमा रहेकी छन्। एमाले उम्मेदवार घिमिरे र कांग्रेस उम्मेदवार खरेलबीचको मतान्तर निकै कम देखिएको छ।
यसैगरी नेकपाका प्रताव गुरुङले १ हजार ५ सय ५७ मत प्राप्त गरेका छन्।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।




