२९ फागुन, काठमाडौं । बालेन शाह ले केपी शर्मा ओली प्रति समवेदना व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता रहेका बालेनले ओली पितृशोकमा परेपछि सामाजिक सञ्जालमार्फत सहानुभूति प्रकट गरेका हुन्।
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीका बुबाको निधन भएपछि बालेनले पिताको महत्वबारे भावुक सन्देश दिएका छन्। उनले भनेका छन्, “पिताजस्तो रक्षक कोही हुँदैन, पिताजस्तो गुरु कोही हुँदैन, पिताजस्तो देवता पनि कोही हुँदैन।”
आफूले पनि केही समयअघि आफ्ना पिता गुमाएको उल्लेख गर्दै बालेनले पिताको अभावले जीवनमा गहिरो खालीपन ल्याउने बताए। उनका अनुसार पिताको अनुपस्थितिले जीवनमा अपूरणीय अभाव महसुस गराउँछ।
बालेनले आफ्नै अनुभव स्मरण गर्दै ओलीप्रति समवेदना प्रकट गरेका छन् र यो कठिन घडीमा धैर्य धारण गर्न आग्रह गरेका छन्।



