समाचार

समानुपातिकतर्फ एमालेका १६ सांसद टुंगो, को–को परे सूचीमा ?

३० फागुन, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ।

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले विभिन्न समूह र समुदायबाट १६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो। उपमहासचिव लेखराज भट्टका अनुसार उक्त नामावली निर्वाचन आयोगमा पठाइनेछ।

पार्टीले जनजाति, खस आर्य, थारु, दलित, मधेसी र मुस्लिम समुदायबाट प्रतिनिधित्व हुने गरी नाम चयन गरेको जनाएको छ।

यी हुन् एमालेले सिफारिस गरेका १६ नाम:

जनजाति
महिला :
– भूमिका सुब्बा
– गंगादेवी श्रेष्ठ

पुरुष :
– रामबहादुर थापा मगर
– कुलभक्त शाक्य

खस आर्य
महिला :
– पद्मा अर्याल
– टुकाभद्रा हमाल
– एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष :
– गुरु प्रसाद बराल
– पुष्पराज कंडेल

थारु
– कृपाराम राणा (पुरुष)

दलित
महिला :
– विष्णुमाया वी.के.
– नीता घटानी

मधेसी
महिला :
– रिङ्ला यादव
– यशोधा कुमारी यादव

पुरुष :
– चन्द्रेश्वर मण्डल

मुस्लिम
महिला :
– साजिदा सिद्दीकी

एमालेले समावेशी प्रतिनिधित्वको आधारमा विभिन्न समुदायबाट सांसद छनोट गरिएको जनाएको छ।