बाग्मती

ओली पक्राउविरुद्ध प्रदर्शनमा ७ जना पक्राउ, सिंहदरबार दक्षिण गेटबाट हिरासतमा

१४ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार उनीहरूलाई सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरिएको हो।

भट्टराईले बताए अनुसार, “निषेधित क्षेत्रमा पुगेका ७ जनालाई नियन्त्रणमा लिइएको हो। उनीहरू अहिले हिरासतमा छन्।”

प्रदर्शनकारीहरू माइतीघरमा जम्मा भई कोणसभा गर्दै विरोध प्रदर्शन गरिरहेका थिए। गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनमा पनि दमन भएको थियो। त्यतिबेला एमाले अध्यक्ष ओली प्रधानमन्त्री र कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए।

ओली र लेखक पक्राउ परेपछि एमालेले देशव्यापी विरोध स्वरूप प्रदर्शन सुरु गरेको हो।