समाचार

बालेन सरकारको दोस्रो मन्त्रिपरिषद् बैठक सुरु

१६ चैत, काठमाडौं । काठमाडौंस्थित सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बालेन शाह नेतृत्वको सरकारको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा सरकारका प्राथमिकता र आगामी निर्णयहरूबारे छलफल हुने अपेक्षा गरिएको छ। यसअघि शुक्रबार बसेको पहिलो बैठकपछि आज दोस्रोपटक मन्त्रिपरिषद् बसेको हो।

शुक्रबार नै राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता समेत रहेका शाहको नेतृत्वमा एकल सरकार गठन भएको थियो। नयाँ सरकार गठनपछि नीतिगत निर्णय र कार्ययोजनालाई अघि बढाउन मन्त्रिपरिषद् बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।