९ वैशाख, काठमाडौं । रामचन्द्र पौडेलले संघीय संसद् अधिवेशन आह्वान गरेका छन्।
मन्त्रिपरिषद्को मंगलबारको सिफारिसअनुसार राष्ट्रपति पौडेलले वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि संघीय संसद् दुवै सदनको बैठक बोलाएका हुन्।
यो अधिवेशन बजेट अधिवेशन पनि भएकाले आगामी आर्थिक वर्षको बजेट तयारीसँग सम्बन्धित महत्वपूर्ण छलफलहरू हुने अपेक्षा गरिएको छ। संविधानअनुसार सरकारले जेठ १५ गते संघीय संसद्मा बजेट पेस गर्नुपर्ने व्यवस्था रहेको छ।
बजेट अघि संसद्मा प्रि-बजेट छलफल हुने परम्परा अनुसार यस अधिवेशनमा आर्थिक नीतिसम्बन्धी प्रारम्भिक छलफलहरू पनि अघि बढाइनेछ।





