११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा समाजसेवी चन्द्र भण्डारीले सुकुम्बासी बस्ती व्यवस्थापनबारे गम्भीर टिप्पणी गरेका छन् ।
उनले जोखिमपूर्ण र प्रदूषित नदी किनारामा सुकुम्बासीलाई बसोबास गराउनु सुरुदेखि नै ठूलो गल्ती भएको उल्लेख गर्दै अहिले त्यसको मूल्य निर्दोष नागरिक, विशेषगरी बालबालिकाले चुकाइरहेको बताएका छन् ।
भण्डारीले वास्तविक सुकुम्बासीहरूसँग संवाद गरेर मात्र व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले विगतका त्रुटिहरू स्वीकार गर्दै पीडितप्रति संवेदनशील बन्न र समाधानका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन् ।
उनको भनाइमा “मानवता माथि राजनीति होइन” भन्दै अब जिम्मेवारी लिएर दीर्घकालीन समाधानतर्फ अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिएको छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्:




