२७ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी वैशाख ३० गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ ।
आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समिति बैठक आह्वान गर्ने निर्णय गरेको हो ।
पार्टीका प्रवक्ता मनिष झालेका अनुसार बैठक वैशाख ३० गते बस्ने तय भए पनि स्थान र समय भने अझै निर्धारण गरिएको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टीले समसामयिक राजनीतिक विषय, संगठनात्मक गतिविधि तथा आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाएको जनाएको छ ।



