समाचार

एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बस्ने

१० जेठ, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बस्ने भएको छ ।

सचिवालय बैठकले असार दोस्रो साता बैठक राख्ने निर्णय गरेको हो ।

उपमहासचिव लेखराज भट्टका अनुसार अध्यक्ष र महासचिवबीच परामर्श गरी केन्द्रीय कमिटी बैठक बस्नेछ ।