पु.समाचार

रहेनन पूर्वप्रधानन्यायाधीश अनिरुद्रः एक सय बर्षको उमेरमा निधन

३१ भदौ, काठमाडौं । निमोनियाबाट ग्रसीत भएका पुर्व प्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको मृत्यु भएको छ । सिंहको सोमबार बेलुकी ७ः३० बजे आफ्नै निवास काठमाडौंको बत्तिसपुतलीमा मृत्यु भएको जनाईएको छ ।

वि.सं. २००३ सालमा झापा गोश्वाराको हाकिम भइ सरकारी सेवामा प्रवेश गरेका उनले वि.सं. २००४ सालदेखि २०११ सालसम्म झापा, दाङ, तौलिहवा र पाल्पाको बडाहाकिम भई काम गरेका थिए ।

सिंहले २०१३ सालमा सर्वोच्च अदालत ऐन जारी भई सर्वोच्च अदालत गठन भएपछि पहिलो प्रधान न्यायाधीशका रुपमा अनिरुद्र प्रसाद न्यायालयको नेतृत्व गरेका थिए । साथै उनि लोकसेवा आयोगको अध्यक्ष, साहि सल्लाहारकार, कानुन–वल वन लगाएतका मन्त्री समेत भएका थिए ।

२०३४ सालमा तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगको पहिलो प्रमुख आयुक्तमा उनी नियुक्त भएका उनि २०१६ सालमा लोकसेवा आयोगको अध्यक्ष पनि भएका थिए । हरेक क्षेत्रमा हाल हालेर सफल भएका उनले सय बवर्षमा ज्यान गुमाए ।