सर्लाही, असोज ३० । सर्लाहीको लालबन्दीमा मंगलवार एक कार्यक्रमका बिच २ बर्षमा निर्माण सम्पन्न गर्ने गरि पुलको शिलान्यास गरिएको छ । लालबन्दी नगरपालीका वडा नम्बर १५ र १६ जोड्ने कालीञ्जोर पुलको शिलान्यास गरिएको हो । आज बिहान एक कार्यक्रमका बिच लालबन्दी नगरपालीकाका प्रमुख मान बहादुर खड्काले पुलको शिलान्यास गरेका हुन् ।
लालबन्दी नगरपालीका वडा नम्बर १५ का वडाध्यक्ष गोरख बलको अध्यक्षतामा गरिएको उद्घाटन कार्यक्रममा उप–मेयर शान्ति लामा, वडा नम्बर १६ का वडाध्यक्ष गणेश थापा सहित स्थानिय नेकपा नेताहरु प्रकाश थापा, हेम गौतम, गोबिन्द अधिकारि, बलराम खड्का, सिताराम कार्कि लगाएत सुरक्षाकर्मि, पत्रकार एवं स्थानिय वासिको उल्लेख्य उपस्थिती रहेको क्षितिज बिश्वकर्माले जानकारी दिएका छन् ।
१०३ मिटर लम्बाई भएको पुलको १३ करोड ९१ लाखमा २ बर्षमा निर्माण सम्पन्न गर्ने गरि रसुवा एलाईट जेबि कन्स्ट्रक्सनले डाक घटाघटमा ठेक्का पाएको छ । साबिकको परवानीपुर गाबिस वडा नम्बर १ मा पर्ने कालीञ्जोर खोलाले बर्षाको समयमा स्थानीयलाई खोला वारपार गर्न समेत समस्या पर्दै आएको थियो भने माध्यमिक स्तरको बिद्यालय समेत परवानीपुरचोक मा रहेकाले बिद्यार्थीलाई बिद्यालय जान आउन समस्या हुने गरेको थियो । पुल बने सँगै स्थानियलाई वारपार गर्न सहज हुने छ भने बिकासको गतीले पनी तिब्रता पाउने स्थानीयको बुझाई छ ।
पुर्व पश्चिम राजमार्गबाट करिव १० किलोमिटर उत्तरतर्फ रहेको परवानीपुरमा भौगोलीक रुपमै फरक खालको महसुस हुने १५ र १६ नम्बर वडालाई जोड्नका लागी यो पुल कोशेढुंगा साबित हुने जानकारहरु बताउँछन । पुल बनेपछि भौगोलक रुपमा बिकट १५ नम्बर वडाका बिभिन्न ठाउँ सँगै वडा नम्बर १६ बाट पनी लालबन्दी आवत जावत गर्न सहज हुनेछ ।
साथै पुलको उद्घाटन गदै मेयर खड्काले नेपालीहरुको पर्व बिजयादशमिको सबैमा शुभकामना समेत दिएका छन् । कोरोना माहामारिले बिश्वमा आतंक मच्चाईरहेकाले सरकारले निर्धारण गरेका मापदण्ड भित्र रहि दशैँ मनाउन र आफुलाई सुरक्षित राख्न समेत मेयर खड्काले आग्रह गरेका छन् ।





