समाचार

परराष्ट्रमन्त्रीद्वारा विदेशमन्त्री अल्ब्राइटको निधनमा शोक व्यक्त


१० चैत, काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काले पूर्वअमेरिकी विदेशमन्त्री मेडेलिन अल्ब्राइटको निधन भएकामा गहिरो दुःख प्रकट गर्दै समवेदना व्यक्त गरेको छ ।

राष्ट्रपति बिल क्लिन्टनको प्रशासनमा पहिलो महिला विदेशमन्त्रीका रूपमा अमेरिकी विदेश नीतिलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनको बुधबार ८४ वर्षको उमेरमा निधन भएको हो । उनी क्यान्सरबाट पीडित थिए ।

“म्याडम अल्ब्राइटले नेपाल–अमेरिका सम्बन्धलाई मजबुत बनाउन गरेको योगदान र मानवताप्रतिको करुणाका लागि नेपाली जनताले सम्झिरहनेछन् ”सामाजिक सञ्जालमा मन्त्री खड्काले समवेदना व्यक्त गर्दै लेखेको छ ।

 एक शरणार्थी, आप्रवासी महिला उनलाई प्रतिभाशाली रणनीतिकार एवं कूटनीतिक ‘रोल मोडेल’ का रूपमा धेरै अमेरिकी महिला कूटनीतिज्ञहरूले लिने गरेका छन् । अमेरिकाको उच्च कूटनीतिज्ञ बन्नु अघि संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूतको रूपमा सेवा गरेकी उनले आणविक हतियारको अप्रसार रोक्न तथा विश्वभर मानवअधिकार र लोकतन्त्रको प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेको थियो ।