१२ चैत, काठमाडौँ । दुई वटा हात्ती सहित मानिस नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा पर्ने व्यक्तिहरु चितवन भरतपुर म.न. वडा.नं.१८ जितपुर बस्ने बिकवा महतोको छोरा अं.वर्ष ६० को बुदिराम महतो (माउते),ऐ.ऐ.बस्ने डमर बहादुर कुमालको छोरा अं.वर्ष ४० को राजु कुमाल (माउते) र जि.पर्सा पकहामैनपुर गा.पा.वडा.नं.५ सबैठवा बस्ने अफताब आलम हुसेनको छोरा अं. बर्ष ३५ को सफरोज आलम रहेका छन् ।
बिक्री वितरणको लागि हात्तीहरू नेपालबाट भारत तर्फ हात्ती लैजाँदै गरेको सूचना प्राप्त भई कार्यालय मातहत ईलाका प्रहरी कार्यालय पोखरिया, पर्साबाट खटी गएको टोलीले १२:०० बजे जिल्ला पर्सा पकहामैनपुर गा.पा.वडा नं.५ पोखरिया टोलमा निम्न मानिसहरूले दुई वटा हात्ती लैजाँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई हात्ती तथा मानिसलाई आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाउने कार्य भइरहेको छ





