समाचार

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक वृद्द पक्राउ

७ असोज, बारा । बोल्न नसक्ने बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक वृद्द पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार निजगढ नगरपालिकाका ६० वर्षीय सोमबहादुर लुम्बा पक्राउ परेका हुन ।

पक्राउ परेका लुम्बा माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।