समाचार

ढुङ्गानाको योगदान राष्ट्र र जनताले सम्झिरहनेछन् : अध्यक्ष दाहाल

२ मङ्सिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले नागरिक आन्दोलनका अगुवा दमननाथ ढुङ्गानाले राजनीतिक तथा सामाजिक परिवर्तनमा दिएको योगदान नेपाल र नेपाली जनताले सदैव सम्झिरहने बताएका छन् ।

अध्यक्ष दाहालले नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण व्यक्तित्व, पूर्वसभामुख ढुङ्गानाको निधनको खबरले दुःखी बनाएको बताएका छन्। उनले ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण र परिवारजनमा समवेदना व्यक्त गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

पूर्वसभामुख ढुङ्गानाको ८३ वर्षको उमेरमा राजधानीको फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आज दिउँसो निधन भएको थियो ।