आर्थिक

तोलामा १२ सयले घट्यो सुनको मुल्य

३० असार, काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ।

सोमबारको तुलनामा आज सुनको भाउ तोलामा एक हजार दुई सय र चाँदीको १५ रुपैयाँ घटेको हो।

मूल्य घटेसँगै मंगलबार छापालावा सुनको भाउ प्रतितोला दुई लाख ८४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि सोमबार सुनको भाउ प्रतितोला दुई लाख ८५ हजार दुई सय रुपैयाँ रहेको थियो ।

यता, सोमबार प्रतितोला चार हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ मंगलबार घटेर चार हजार तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा महासंघले दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।