खेलकुद

धमला दक्षिण एशियाली उपाध्यक्षमा निर्वाचित

सुर्यखबर सँबाददाता,
काठमाडौँ । भारतको बैङलोरमा भएको दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासघंमा नेपालका अन्जन धमला वरिष्ठ उपाध्यक्षमा निरविरोध निर्वाचित भएका छन् । नेपालले दक्षिण एसियाली तेक्वान्दोमा बोर्ड सदस्यता पनि हात पार्न सफल भयो ।

अधिवेशन मार्फत नै नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघ(एनएमजिसी)का अध्यक्ष प्रविण कुमार कार्की केन्द्रिय सदस्यमा निर्वाचित भए । यसअघि पनि कार्कीले केन्द्रिय सदस्यमा दाबेदारी दिने नेपाल आइटिएफले जनाएको थियो ।
त्यस्तै दक्षिण एसियाली आइटिएफ तेक्वान्दोको अधिवेशनमा नेपाल आइटिएफ तेक्वान्दो महासघंका अध्यक्ष समेत रहेका धमला वरिष्ठ उपाध्यक्षमा चयन भए । धमलाले यसअघि महासचिव पदका लागि दावेदारी दिने बताएका नेपाल आइटिएफले जनाएको थियो । लामो समय आइटिएफ तेक्वान्दोमा योगदान गरेका धमला निरविरोध चयन भएका थिए । दक्षिण एसियामा आइटिएफ तेक्वान्दो खेल विकास विशेष योगदान भएकै कारण धमलाले जिम्मेवारी पाए ।
यसअघि बुल्गेरियामा भएको विश्व आइटिएफ तेक्वान्दोको कग्रेसमा महासघंले उनलाई आउटस्ट्यान्डिङ अवार्डबाट पनि सम्मान गरेको थियो । छोटो समयमा नेपालमा आइटिएफ तेक्वान्दो खेल विकासमा अथक भूमिका निर्वाह गरे वापत आइटिएफ तेक्वान्दोको महासघंले धमलालाई अवार्ड प्रदान गरेको थियो ।
दक्षिण एसियामा भारतका सिनियर मास्टर राजेन्द्र बलान अध्यक्षमा निर्वाचित भए । भारतकै मास्टर अबदुल रहेमान महासचिवमा चूनिए । दक्षिण एसियामा ८ सदस्य कार्यसमिती बनेको छ । उक्त अधिवेशनमा एशियाली तेक्वान्दो महासंघका वरिष्ठ उपाध्यक्ष मलेशियाका ग्राण्ड मास्टर तान चेक सी को रोहवरमा सम्पन्न भएको थियो ।

अधिवेशनमा दक्षिण एशियाली राष्ट्रहरु नेपाल, भारत, बङलादेश, पाकिस्तान, अफगानिस्ता र श्रीलङका गरी छ राष्ट्रको सहभागिता थियो  । सो अधिवेशन भारतको बैङलोरमा पाँचौ दक्षिण एशियाली प्रतियोगिताको दौरानमा दक्षिण एशियामा तेक्वान्दोको थप विकास र विस्तार गर्ने उदेश्यका साथ सम्पन्न भएको थियो ।

उपाध्यक्ष धमलाले दक्षिण एसियामा नेपालले आफ्नो वर्चस्व जमाएसँगै विस्तारै एसिया र विश्व महासघंमा पनि नेपालले प्रतिनिधीत्व गर्ने योजना बनाएको जनाए । धमलाले भने “यो सफलताले नेपालमा आइटिएफ खेल विकास गर्न हामीलाई थप हौसला तुल्याएको छ । त्यसका लागि छिटृै नयाँ योजना बनाएर अगाडी बढ्छौँ ।”