खेलकुद

३४ सदस्यीय कराँते टोली कोलकाता प्रस्थान

सुर्यखबर सँबाददाता, काठ्माण्डौ ।
दोश्रो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिमा सहभागी हुन २१ खेलाडीसहित ३४ सदस्यीय नेपाली कराते टोली मंगलबार भारतको कोलकाता प्रस्थान गरेको छ ।
खेलाडीहरुमा पर्शुराम बाँस्तोला, सरिता श्रेष्ठ, लक्ष्मी भट्ट, विष्णु श्रेष्ठ, गणेश पाइजा, वीरबहादुर रनेनी, दीपा लामा, मनीषा थारु, भीमबहादुर तामाङ, एलिसा तामाङ, डिगम्बरप्रसाद पन्त, एलिसा लामा, सुशान्त हुमागाईं, दिवाकर लामा, पुनम पौडेल, कुसुम पौडेल, रोजिता ढुंगेल, मन्दिरा थापा मगर, सुस्मिता वाइबा, अन्जु तामाङ तथा मोहन कार्की रहेका छन् ।
टोली नेतामा दीपक श्रेष्ठ, टिम प्रशिक्षकमा कृष्ण मोक्तान र सुनीता श्रेष्ठ, व्यवस्थापकमा मधु लामा, अफिसियलमा गजेन्द्र साउद, चन्द्र खड्का, रितु श्रेष्ठ र इन्दु गुरुङ तथा निर्णायकमा जसबहादुर पुन, साइला गमाल, लक्ष्मण खड्का, नेत्र लामा र कृष्ण दाहाल छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ, कराते प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।