खेलकुद

खेलाडी घाइते भएलगत्तै १६ सेकेण्डमै रोकियो खेल

एजेन्सी । बेलायतमा सोमबार मध्यरातमा सुरु भएको खेल १६ सेकेण्डमै रोकिएको छ । खेलाडीको टाउकोमा चोट लागेपछि नन लिग खेल १६ सेकेण्डमै रोकिएको बीबीसीले जनाएको छ ।

खेल सुरु भएलगत्तै नर्बिचका डिफेन्डर एण्डी इस्टोको टाउकोमा चोट लागेको थियो । चोट लागे लगत्तै उनी बेहोस भएर ढलेका थिए ।

त्यसबेला नर्विच युनाइटेड र सोहम टाउनबीच खेल सुरु भएको थियो । बेहोस् भएर ढलेका इस्टालाई तत्काल अस्पताल लगिएको थियो ।

उनको टाउकोमा गम्भीर चोट लागेको जनाइएको छ । यद्यपि, उनको मस्तिष्कमा भने असर नपरेको क्लबलाई उदृत गर्दै बीबीसीले समाचार लेखेको छ । घाइते इस्टोको सोमबार ३० औं जन्मदिन समेत रहेको बताइएको छ । उनी घाइते भएलगत्तै खेल रोकिएको थियो ।