राजनीति

शनिबारको काँग्रेस बैठक अनौपचारिक छलफलमा केन्द्रीय, रातभर देउवा र पौडेलबीच सहमती प्रयास हुने

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैंठक पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलको बिबादका कारण शनिबार ९ बजे बोलाईए पनि बस्न सकेन । बैठकका लागि उपस्थित भएका पार्टीका पदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यकाबी अनौपचारिक छलफलमा नै सकियो ।

आज भएको छलफलमा निर्वाचनमा पार्टीको पराजयको समीक्षा, जिल्ला सभापतिको भेला, महासमिति बैठक बोलाउने र विधान संशोधनका विषयलगायतमा सर्वसहमति खोज्ने प्रयास भएको थियो ।

आईतबार बिहान ९ बजे बस्ने बैठकमा महामन्त्री डा शशांक कोइरालाले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यक्रम छ । उक्त प्रस्तावमाथि छलफल भई पारित हुने बताइएको छ ।

साथै पार्टी सभापति शेरबहादुर देउवाले बैठकमा उठेका प्रश्नहरुको जवाफ दिइ गत चैत ९ गतेदेखि जारी बैठक समापन गर्नुहुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

माहासमिति बैठक, जिल्ला सभापतिको भेला, पार्टीले निर्बाचनमा पराजय भोग्नुपरेको जिम्मेवारी लगायतका बिषयमा सभापति देउवा पक्ष र पौडेल पक्षबीच कुरा नमिल्दा शुक्रबार बिचैमा बन्द भएको काँग्रेस बैठक शनिबार दिनभरमा पनि सूचारु हुन सकेन ।
रातभरमा देउवा र पौडेलबीचमा केही सहमती हुने र आईतबार बैठक बसेर केन्द्रीय समिति बैठकको समापन सभापति देउवाले गर्ने भन्ने कार्यक्रम छ ।