अन्तर्राष्ट्रिय

प्राकृतिक प्रकोपबाट एक महिनामा छ लाख ३० हजार प्रभावित

बेइजिङ । चीनमा गत एक महिनाको अवधिमा छ लाख ३० हजार जना नागरिक प्राकृतिक प्रकोपबाट प्रभावित भएका छन् । प्रकोप व्यवस्थापन मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत फेब्रुअरी महिना भरीमा यति ठूलो सङ्ख्यामा नागरिक प्रभावित भएका हुन् ।

सो अवधिमा बेपत्ता हुने र मृत्यु हुनेको सङ्ख्या भने छ जना रहेको मन्त्रालयका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । गत महिना चीनमा भूकम्प, न्यून तापक्रम ९अति जाडो०, हिमपात, बाढी, पहिरो, ठूलो वर्षा, जङ्गलमा आगलागीलगायतका प्राकृतिक प्रकोपका घटनाहरु भएका थिए ।

विभिन्न प्राकृतिक प्रकोपका कारण ३२ हजार जना विस्थापित भएर अन्यत्र बस्न थालेको मन्त्रालयले जनाएको छ । भूकम्पका कारणले मात्र फेब्रुअरी महिनामा दुई जनाको मृत्यु भएको छ भने ४४ हजार जना प्रभावित भएका छन् । प्रकोपले गर्दा घरहरुसहित धेरै भौतिक संरचनाहरुमा क्षति पुगेको समाचारमा जनाइएको छ ।