खेलकुद

राखेपलाई एजिलीटीको प्रस्ताब

काठमाडौं । चीनको खेल पोशाक उत्पादक कम्पनी एजिलीटी, अक्युमेन र व्याबल एसेटले नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद सागका लागि आवश्यक पर्ने स्पोर्टस् किट्स खेल सामाग्री उपलब्ध गराउने प्रस्ताब गरेको छ ।

कम्पनीको पदाधिकारीले शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललाई भेट गर्दै उक्त प्रस्ताब राखेको हो । यस्तै एजिलीटी कम्पनीका प्रतिनिधिले १३ औं सागको लोगो अंकित ट्रयाक सुट र क्याप समेत नमुनाको रुपमा हस्तान्तरण गरेको थियो ।

भेटमा सदस्य–सचिव सिलवालले प्रस्ताबमा राखेप सकारात्मक रहेको बताए । हामी सकारात्मक छौं । सहकार्य गर्ने कुरा चाडै निर्णय आउने छ, सिलवालले भने । नेपालमा आयोजना हुने साग यहीं मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुनेछ ।