पु.समाचार

भीड बढेपछि उपत्यका प्रवेश गर्नेलाई अनिवार्य क्वारेन्टाईनमा राख्न गृहमन्त्रालयको निर्देशन

९ असार, काठमाडौं । गृहमन्त्रालयले काठमाडौं उपत्यकाबाट भित्रिनेहरुलाई अनिवार्य रुपमा होम क्वारेन्टाईनमा राख्ने व्यवस्था गर्न उपत्यकाका तीन जिल्लालाई परिपत्र गरेको छ ।
दैनिक रुपमा उपत्यका भित्रीनेहरुको संख्या बढेपछि घरधनीहरुले पीसिआर गरेरमात्र घरमा बस्न भनेको भन्दै टेकुस्थीत शुक्रराज ट्राफिकल अस्पताल आउन थालेपछि गृहले कडाई गर्न लागेको हो ।

लकडाउन भएका बेला उपत्यका बाहिर जान हतारिएका सर्बसाधारणहरु लकडाउनमा नै भएपनि उपत्यका फिर्ताका लागि दैनिक आईरहेका छन् ।

अहिलेसम्म केही सुरक्षीत देखिएको काठमाडौं उपत्यका पछिल्लो समय अब्यबस्थित सर्बसाधारणको प्रवेशले थप जटिल बन्दै गएको बिश्लेशण हुन थालेका बेला गृहले केही कडाई गर्न लागेको हो ।

आजमात्र काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा सवारी साधनको भीड लागेको छ । कतिपय अतिआवश्यक बाहेकका सवारी साधन प्रहरीले फिर्ता पठाएको समाचारसमेत आएको थियो ।