२९ भदौ, बुटवल । कोरोना संक्रमणका कारण चितवन र बुटवलमा गरेर दुई जनाको मृत्यु भएको छ । बुठवलमा एक महिला र चितवनमा एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो । यस्तै कोरोना संक्रमणका कारण बुटवलमा एक महिलाको मृत्यु भएको पुष्टि भएको छ ।
कपिलवस्तु, शिवराज नगरपालीका ५ कस् ४७ वर्षे महिलाको आज बिहान मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुर्दशन थापाले जानकारी दिएका छन् । बुटवलको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा डायलसिस गराइरहेकी उनलाई खोकी लाग्ने र श्वासप्रश्वासमा समस्या भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा लगी पीसीआर जाँच गरिएको थियो ।
त्यसपछि भदौ २१ गते कोरोना विशेष अस्पताल भर्ना भएकी उनका दुवै मृगौलाले काम गर्न छाडेको र श्वासप्रश्वासमा समस्या भई मृत्यु भएको थापाले बताए । अस्पतालमा अहिले १७ संक्रमित आईसीयूमा उपचाररत छन् । नेपालमा कोरोना संक्रमणका कारण दैनिकजसो मृत्यु हुनेको संख्या थपिएको छ ।
यस्तै चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण देखिएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राति ११ः३० मा मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिएका छन् ।
हालसम्म जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । दुई वृद्धाको घरमै मृत्यु भएको थियो । चितवनका १७, मकवानपुरका पाँच, नवलपरासी सुस्ता पूर्वका चार, बारा, गोरखा र कैलालीका एक÷एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।





