२९ भदौ, काठमाडौं । काठमाडौंको किर्तिपुरमा भाडा तिर्न केहि ढिलाई हुँदा घर धनिले एक ४२ वर्षे डेरावालाको हत्या गरेका छन् । भारतको चम्पारमण घर भई बिगत दुई दशकदेखी नेपालमै बस्दै आएका ४२ वर्षे शम्भु चौधरी महतोलाई घर भाडा तिर्न ढिलाई भएको भन्दै घरधनीले कुटेरै मारेको खुलेको छ । भारतबाट आई बारामा बसेको केहि समयमा बाराकै मिरासंग बिबाह गरेपछि उनि मजदुरी गर्न काठमाडौं आएका थिए ।
सिरहाकी मिरासंग बिहाह गरेका शुम्भु परिवार सहित काठमाडौंको कीर्तिपुर नगरपालीका ७ भाजंगलमा मजदुरी गरी तीन छोराका साथमा बस्दै आएका थिए । कहिले सार्वजनिक यातायातमा सह–सहचालक र कहिले फलफूल व्यवसाय गर्ने र खाली भएको बेला पाएको काम गर्ने उनि लकडाउनका कारण बेरोजगार बनका बेला घरबेटिले भाडा नदिएको भन्दै दुख दिँदै आएको उनकी श्रिमतीको भनाई छ ।
शम्भुकी श्रीमती मिराका अनुसार लकडाउयता घरधनिले दुःख दिएको र ज्यान लिने सम्मको धम्की दिने गरेका थिए । अन्तमा भाडाकै निहुमा आफ्ना पतिको नसोचेको हत्या भएको भन्दै उनकी श्रीमतीले दुखेसो पोखेकि छिन् ।
यस्तै प्रहरीले पनि पछिल्लो सरय लकडाउन र निषेधाज्ञाका कारण भाडा तिर्न नसक्दा शम्भुको हत्या गरेको बताएको छ । घरबेटिले तुरुन्तै घर छाड्न दबाब दिएको तर १२ हजार रुपैयाँ भाडा बुझाएको र दुई महिनाको तिर्न बाँकी रहँदा घरबेटि असन्तुष्ट भएको मिराको भनाई छ । उनका अनुसार तिर्न बाँकी दुई महिनाको भाडामा एक महिनाको एड्भान्स समेत शम्भुले दिएका थिए ।
साथै मिराका अनुसार घरबेटिका परिवार लगाएत अन्य सदस्यले समेत मानसिक तनाव दिन थालेपछि कोठा खोजेर सामान सार्दै गर्दा उनका पतिको हत्याका भएको मिरा बताउँछिन् । कोठामा बचेको सामान सार्दै गर्दा उनका घरबेटिले शम्भुलाई आग्लोले प्रहार गरी हत्या गरेका थिए । आँफु छुट्याउन जाँदा आफुमाथि पनि हातपात भएको उनको भनाई छ । घाईते शम्भुलाई कीर्तिपुर अस्पताल पुर्याईएपनि बचाउन नसकिएको उनको भनाई छ ।
साथै प्रहरीले शम्भुको शव पोस्र्टमाटम पछि बुझ्न भन्दा मिराले आफ्ना पतिको हत्यारालाई कारबाहि नगरी शव नबुझ्ने बताएकी छिन् । मिराले उनले शनिबार नै घरबेटि ६६ वर्षीय प्रेमकृष्ण महर्जन, उनकी ६३ वर्षीय श्रीमती, दुई छोरा र दुई छोरी विरुद्ध किटानी जाहेरी दिएकी छन् ।
प्रेमकृष्ण शुक्रबार नै पक्राउ परेको र मिराको जाहेरीका आधारमा उनका दुई छोरा परमेश्वर महर्जन र प्रमोद महर्जनलाई पनि प्रहरीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतले ५ दिन म्याद दिएको काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौर बताएका छन् । साथै प्रहरीले घटनाको बारेमा अँझ विस्तृत रुपमा अनुसन्धान हुने र अपराधिकालाई कडा कारबाहि गर्ने बताएका छन् ।





